पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग

पाेखरा | असोज ५, २०८२

पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग

पोखरा:   पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ ।


सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका  झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए ।


उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए ।


आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए । 


उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्